१४ बैशाख २०८१, शुक्रबार

इन्डानेशियामा एक व्यक्तिले एउटै मण्डपमा दुईजनासँग विवाह गरे


एजेन्सी, इन्डानेशियामा एक व्यक्तिले एउटै मण्डपमा आफ्ना दुई प्रेमिकासँग विवाह गरेका छन् ।

मुश्लिम समुदायको बाहुल्यता भएको देश इन्डोनेशियामा बहुविवाह सामान्य हो । कुरानका अनुसार एक मुस्लिम पुरुषले आफूसँग चार श्रीमती राख्न सक्छन् । इन्डोनेशियाली कानून अनुसार यदि जेठी श्रीमतीले यसको मञ्जुरी दिए पुरुषले एकभन्दा बढीसँग विवाह गर्न सक्छन् ।

यही कानूनको आधारमा यी व्यक्तिले आफ्ना दुई प्रेमिकालाई एकसाथ विवाह गरेका हुन् । भाइस इन्डोनेशियाले स्थानीय मिडियलाई उद्धृत गर्दै लेखेको छ, ‘म यी दुबैको मन दुखेको हेर्न सक्दिनँ त्यसकारण यी दुबैलाई विवाह गर्ने निर्णय गरेँ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !