५ असार २०८२, बिहीबार

‘म्यान अफ द वर्ल्ड-२०२५’ मा दुलाल उत्कृष्ट १० भित्र पर्न सफल


म्यान अफ द वर्ल्ड-२०२५

काठमाडौँ । ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ विजेता आयुष दुलाल ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् । फिलिपिन्समा गत मे २३ देखि ३१ सम्म आयोजना भएको ‘म्यान अफ द वर्ल्ड-२०२५’ प्रतियोगितामा दुलाल उत्कृष्ट १० भित्र पर्न सफल भएका हुन् ।

मे ३१ मा भएको फाइनल कार्यक्रममा ‘म्यान अफ द वर्ल्ड-२०२५’ को उपाधि भने स्पेनका जुल मेसियानेनले प्राप्त गरे । उनलाई ‘म्यान अफ द वर्ल्ड-२०२४’ का विजेता भेनेजुएलाका सर्जियो अजुआगाले मुकुट लगाइदिएका थिए । उक्त प्रतियोगितामा कुल २७ देशहरूले भाग लिएका थिए ।

दुलालले मिस्टर नेपाल-२०२४ प्रतियोगितामा सहभागी भई ‘म्यान अफ द वर्ल्ड नेपाल-२०२५ एण्ड बेस्ट पर्सनालिटी प्राप्त गरेका थिए । युवा मोडल तथा सामाजिक अभियन्ता आयुष हालसम्म थुप्रै राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भइसकेका छन् ।

यो पनि पढ्नुहोस्

‘म्यान अफ द वर्ल्ड’ आयुष दुलाल फिलिपिन्स प्रस्थान

नेपाल पूर्व सशस्त्र प्रहरी संघले दियो ‘म्यान अफ द वर्ल्ड’ दुलाललाई शुभकामना

प्रधानमन्त्री ओलीले दिए ‘म्यान अफ द वर्ल्ड’ दुलाललाई शुभकामना

प्रहरी महानिरीक्षक थापाद्वारा ‘म्यान अफ द वर्ल्ड’ दुलाललाई शुभकामना

सशस्त्र प्रहरी महानिरीक्षकले गरे ‘म्यान अफ द वर्ल्ड’ दुलाललाई विशेष बिदाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !