५ जेष्ठ २०८१, शनिबार

विनोद कोइरालाको कमेडी गीत “ए सास“ सार्वजनिक(भिडियोसहित)


काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा अलग पहिचान खोजिरहेका स्रष्टा विनोद कोइराला नामजस्तै विनोदप्रिय छन् । उनको नयाँ लोक कमेडी गीत ‘ए सास” भर्खरैमात्र सार्वजनिक भएको हो ।

एक दशकअघिदेखि नै गीतिलेखनमा सक्रिय रहँदै आएका कोइराला पेशाले शिक्षण गर्छन् । फुर्सदका समयमा उनी कथा, कविता, गीत लगायतका साहित्य सिर्जनामा सक्रिय हुँदै आएका छन् ।

साहित्य सिर्जनाभित्र शब्दमा पोखिँदै आएका उनले आफ्नै शब्दमा स्वर पनि थपेका ह’न् । गीतले लेक, बेँसी, पाखा, पखेरा मिलेर बनेको हाम्रो प्रकृतिको स’न्दर उपहार नेपालका ग्रामीण बिम्बहरूलाई टपक्क टिपेको छ ।

कवि रामशरण खड्काको जीवनी, व्यक्तित्व र कृतित्वमा शोध गरी त्रिविविबाट नेपाली विषयमा स्नातकोत्तर गरेका स्रष्टा कोइराला धादिङ जिल्लाको मुरली भञ्ज्याङ (हाल नीलकण्ठ नगरपालिका)मा २०३९ साल मङ्सिर ५ मा जन्मेका हुन् ।

राजधानीको कलङ्की एड मार्क कलेजमा साहित्यको अध्यापकको रुपमा रहेका उनी बिगत दुई दशकदेखि काठमाडौँलाई कर्मथलो बनाउँदै आफ्नो सिर्जनाकर्ममा सक्रिय रहँदै आएका छन् ।

शब्द, स्वर र संगीत कोइरालाकै रहेको उक्त गीतका एरेञ्जर संगीतकार कमल गुरुङ हुन् । गीतको भिडियोमा बिम्लि, ऋषि, आयुषा र नारायणको अभिनय रहेको छ । मिलन बिकले सम्पादन गरेको भिडियोलाई रक कौशलले खिचेका हुन् । भिडियोलाई ऋषि खड्काले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !