२० बैशाख २०८१, बिहिबार

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन


भक्तराज आचार्य

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । बिरामी आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा आज सोमबार अपराह्न बाटोमै निधन भएको हो ।

भजन शिरोमणि आचार्य डेढ महिनादेखि बिरामी थिए । आज अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।

आचार्यको शव भोलि बिहान अन्तिम श्रद्धान्जलीका लागि ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएपछि भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी गरिएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी भएको छ ।

मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको माया लागेर आउँछ, माया मेरी साँझ बनी डोली चढी आउँछिन्, हजार आँखा हेर्ने जस्ता कालजयी गीतहरु आचार्यले गाएका छन् ।

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि साङ्गीतिक क्षेत्रमै क्रियाशिल छन् । भजन शिरोमणि आचार्यप्रति नेपालपत्रको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गर्दछौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !