२२ बैशाख २०८१, शनिबार

कलाकार निर शाह राष्ट्रिय सभाको उम्मेदवारका लागि सिफारिस


निर शाह

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहलाई सिफारिस गरेको छ । कांग्रेसको बागमती प्रदेश समितिले शाहलाई राष्ट्रिय सभाको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

आज बुधबार शाहले नाम टिपाएका हुन् । शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । कांग्रेसले हरेक प्रदेशबाट नाम सिफारिस माग गरिरहेको छ ।

शाहको आवाज दमदार रहेकाले पनि उनी नेपाली सिने जगतमा अझ पनि प्रसिद्ध छन् । शाहले सयौं चलचित्रमा सफल अभिनय गरिसकेका छन् । वि स २०४२ सालमा नेपाल टेलिभिजन सञ्चालनको सुरुवात भएपछि शाहले करिब दश वर्ष सरकारी टेलिभिजनको नेतृत्व गरेका थिए ।

नेपाल टेलिभिजनको अध्यक्ष भएर काम गरिसकेका शाहलाई दोस्रो संविधानसभामा २६ जनाको कोटामा अटाएर सभासद बनाउने तयारी कांग्रेसको भएपनि आन्तरिक किचलोका कारण नमिलेपछि उनलाई टेलिभिजन अध्यक्षमा बनाइएको थियो ।

पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ। राष्ट्रिय सभा चुनाव आगामी माघ ११ गते हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !