१९ बैशाख २०८१, बुधबार

गायक प्रकाश सपूतमाथि रोमानियामा बियरको बोतल प्रहार


गायक प्रकाश सपूतमाथि रोमानियामा बियरको बोतल प्रहार

काठमाडौं । अहिलेका लोकप्रिय गायक प्रकाश सपूतमाथि बोतल प्रहार भएको छ । रोमानियामा एक सांगीतिक कार्यक्रमका क्रममा उनीमाथि बोतल प्रहार भएको हो ।

स्टेजमा आफ्नो प्रस्तुति दिइरहेका बेला उनीमाथि क्यान बियरको बोतल प्रहार गरिएको थियो । कार्यक्रममा उपस्थितले एक दर्शकले बोतल प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए । बोतल प्रहारपछि उनी प्रस्तुति बीचमै रोकेर स्टेजबाट बाहिरिएको भिडियोमा देखिन्छ ।

उनको निधारमा सामान्य चोट लागेको बताइएको छ । सपुतलाई हमला गर्ने नियतले नभई रक्सीको तालमा प्रहार भएको आयोजकले जनाएको छ । आयोजकले बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !