१९ बैशाख २०८१, बुधबार

अनलाइन बेटिङ प्रचारको आरोपमा कलाकार राजु मास्टर र बल्छी धुर्वे पक्राउ


राजु मास्टर र बल्छी धुर्वे

काठमाडौंँ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचार-प्रसार गरेको आरोपमा कलाकारहरु राजु पौडेल ‘राजु मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ पक्राउ परेका छन् ।

वानएक्स बेटमा सक्रिय रहेका ३ जना कलाकार बल्छी ध्रुबे, राजु मास्टर, पवन खतिवडा (म्याकुरी) सहित ५ जना यूट्युबर गरी ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने यूट्युवरहरुमा एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली रहेको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत कारोबार गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको थियो ।

स्रोतले दिएको जानकारीअनुसार उनीहरुलाई काठमाडौं प्रहरी परिसरमा बुझाउने तयारी छ । नेपालमा सट्टेबाजी कानुनविपरीत मानिन्छ । उक्त प्रकरणमा अन्य १५ जना कलाकार तथा युट्युबर पनि पक्राउको सूचीमा रहेको कार्यालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !