२३ बैशाख २०८१, आइतबार

ई. वीरेन्द्र श्रेष्ठ र गायिका आचार्यको ‘उडिउडी आ सुवा’ गीतको भिडियो सार्वजनिक


उडिउडी आ सुवा झल्को मेटिजा

काठमाडौँ । ‘बग्ने खोला बगी गो’ जस्ता थुप्रै लोकप्रिय गीतकि गायिका भावना आचार्य र पूर्वका लोकप्रिय गायक तथा वरिष्ठ ईन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वरमा सजियेको ‘उडिउडी आ सुवा झल्को मेटिजा’ बोलको म्युजिक भिडियो ईनाक्सी ईन्टर्टेन्मेन्ट युट्युब चेनलबाट सार्वजनिक भएको छ ।

विकल तिरुवाको शब्द, ध्रुब बिस्कोको संगीत, नरेन्द्र बियोगीको एरेन्ज, किशोर थापाको मिक्स/माष्टरमा बनेको अडियोलाई चर्चित नायिका शिल्पा पोख्रेल र चर्चित मोडल चक्र बमको अभिनय र नृत्यले म्युजिक भिडियोलाई जीवन्त बनाउन सफल भएका छन् निर्देशक बिक्रम चौहान । यो म्युजिक भिडियोमा प्रकाश खड्काले क्यामेरा, कबिन खड्काको मेकप छ भने स्वयं बिक्रम चौहानले कोरियोग्राफी गरेका छन् ।

सुदुर पश्चिमको दैलेखमा जन्मिएकी गायिका भावनालाई डोटेली शब्द उच्चारण, लवजमा सुहाउनु सान्दर्भिक रहेपनि, नेपालको सुदुर पश्चिमको देउडा लयको भाव, सुदुर पश्चिमकै बोलीचालीका भाषामा बनेको ‘उडिउडी आ सुवा’ बोलको गीतमा पूर्वेली गायक ई. वीरेन्द्रले अत्यन्तै कुशलतापूर्वक निभाउनु यो गीतको एउटा सबल पक्ष के हो भने पूर्वेलीले पश्चिमको गीत र पश्चिमेलीले पूर्वेली भाकाको गीत गाउदा सामाजिक अखण्डता अझ प्रगाढ बन्ने निश्चित छ ।

दोहोरी गायनमा अव्वल गायिका भावना, चर्चित ईन्द्रेणी कार्यक्रममा अन्य चर्चित गायक गायिकाहरुसंग प्रस्तुती दिइरहेकी हुन्छिन्, शब्द संयोजनमा रुचि राख्ने भावनाको आउँदा प्रोजेक्टहरु आफ्नै शब्द रचनामा समेत हुनेछन् ।

जलविद्युतको विकासले मुलुकको सर्वाङ्गिण विकास गर्न सकिन्छ भन्ने भावनाका साथ आजभन्दा २६ बर्ष पहिला ईन्जिनियरिङमा ग्राजुएट वीरेन्द्रले जाले रुमाल, पिरिमको बाढी, आउन माया, घर तिम्रो कता पर्यो, आँखा लाउछन जस्ता दर्जनौ गीतहरु नेपाली सांंगितिक आकाशमा पस्किसकेका छन् । अबको केही दिनमै बहुप्रतीक्षित “कुखुरी काँ” बोलको गीत ईनाक्सी युट्युब चेनलबाटै रिलिज हुँदैछ ।

यस्तो छ हेर्नुहोस् सार्वजनिक भएको गीतको भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !