१३ बैशाख २०८१, बिहिबार

नेपाल नेटवर्क टेलिभिजनमा नेपाली फिल्मको ‘टेलिभिजन वर्ल्ड प्रिमियर’


टेलिभिजन वर्ल्ड प्रिमियर

काठमाडौँ । नेपाली टेलिभिजनको चार दशक लामो इतिहासमा पहिलो पटक नेपाली फिल्मको ‘टेलिभिजन वर्ल्ड प्रिमियर’ हुने भएको छ । नेपाल नेटवर्क टेलिभिजनले आफ्नो प्रशारणको सुरुवातसंगै नयाँ-नयाँ नेपाली फिल्महरुको टेलिभिजन प्रिमियर गर्ने भएको हो ।

हरेक साता एक वटा पुरानो फिल्म र महिनाको एक वटा नयाँ फिल्म हलमा प्रदर्शन भएर अन्य कुनै डिजिटल प्लेट फर्ममा रिलिज नगरिएको फिल्म प्रशारण गर्न लागिएको डिएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।

ओएसआर डिजिटल र डिएआर मुभिजको सहकार्यमा नेपाली फिल्म टेलिभिजनमा प्रशारण गर्न लागिएको हो । यो नेपाली टेलिभिजन हेर्ने दर्शकले नयाँ नेपाली फिल्म घरमा नै बसेर निशुल्क हेर्न पाउने राम्रो अवसर हो ।

नेपाल नेटवर्क टेलिभिजनले पहिलो फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शन गर्ने भएको छ । केहि महिना अघि मात्र प्रदर्शनमा आएको सौगात मल्ल, अनुप बिक्रम शाही, शिव श्रेष्ठ, अर्पण थापा स्टारर फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शन गरिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !