८ बैशाख २०८१, शनिबार

कोरोना संक्रमण देखिएपछि कमेडियन अपूर्व क्षितिज रिहा


अपूर्व क्षितिज सिंह

काठमाडौँ । कमेडियन अपूर्व क्षितिज सिंहलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि रिहा गरिएको छ । कमेडियन सिंहलाई कोरोना संक्रमण देखिएपछि तारेखमा रिहा गरिएको हो ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई हाजिर जमानीमा रिहा गरिएको हो । नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेपछि जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको थियो ।

यसअघि उनी बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरिएको थियो । बुधबार मात्रै अपूर्वलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले प्रहरीले अनुमति दिएको थियो ।

अपूर्वलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेर थुनामा राखेको थियो । नेवा: समुदायमाथि लक्षित गर्दै व्यङ्ग्य सामाग्री प्रसारण गरेको आरोपमा उनी पक्राउ परेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !