१८ बैशाख २०८१, मंगलबार

नायिका रेखा थापा गरिन् दोस्रो विवाह, यी हुन् उनका श्रीमान्


रेखा थापा र बलराम शाही

काठमाडौँ । चर्चित नायिका रेखा थापाले विवाह गरेकी छिन् । करिब दुई हप्ताअघि अमेरिका निवासी बलराम शाही ठकुरीसँग थापाले काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेको उनीनिकट स्रोतले बताएको छ ।

थापाले आज प्रणय दिवसकै अवसरमा आफूले विवाह गरेको कुरा खुलासा गरेकी हुन् । नायिका थापा दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी हुन् । निर्माता छविराज ओझासँग विवाह गरेकी उनको १० वर्षअघि डिभोर्स भएको थियो ।

अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि उनले काठमाडौं जिल्ला अदालतमा पुगेर अदालती विवाह ‘कोर्ट म्यारिज’ गरेकी हुन् । केही समयअघि एक टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा रेखा थापाले आफू २०७९ सालभित्र विवाह बन्धनमा बाँधिन सक्ने बताएकी थिइन् ।

अभिनेत्री थापा चलचित्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । उनी हालसालै भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिलातर्फबाट महामन्त्री पराजित भएकी थिइन् । कमल थापानिकट मानिएकी उनी राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवार दिएकी उनी महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !