७ बैशाख २०८१, शुक्रबार

करिश्मा र जितुले भेटे ओलीलाई, के उनीहरु एमालेमा प्रवेश गर्न लागेका हुन् त ?


करिश्मा र जितुले भेटे ओलीलाई

काठमाडौं । नेपाली चलचित्रकी चर्चित सदावहार नायिका करिश्मा मानन्धर र कलाकार जितु नेपालले पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

करिश्मा र जितुले ओलीलाई भेटेसंगै उनीहरु के एमालेमा प्रवेश गर्न लागेका हुन् त ? भन्ने जस्ता टिकाटिप्पणी नेपालको राजनीतिक क्षेत्र र कलाकारिता क्षेत्रमा चर्चा चल्न थालेको छ ।

तर यो भेटको सवै चाँजोपाँजो मिलाउने जिम्मा एमालेकी राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल ओलीको पोल्टामा जान्छ । उनले हिजो राती सामाजिक संजाल ट्वीटरमा लेख्दै उक्त भेटघाटको जानकारी दिएकी थिइन् ।

भेटपछि ट्वीटरमा लेख्दै उनले नेपालका आकर्षक कलाकारहरु करिष्मा मानन्धर र जितु नेपालसहित आफूले श्रद्धेय केपी शर्मा ओलीसंग भेट्ने मैाका मिल्यो भनेर लेखेकी थिइन् ।

उनले हिजो अत्यन्त खुला हृदयका साथ नेपालको राजनीति बारेमा विश्लेषण भएको बताउदै हाम्रो खाली दिमागमा उनको भनाइले शाशन गरिरहेको छ भन्दै करिष्मा र जितुले पनि आफ्ना महत्वपुर्ण कुरा राखेको खुलासा गरेकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘नेपालका आकर्षक कलाकारहरु करिष्माजी,जीतुजी सहित मैले श्रद्धेय @kpsharmaoli ज्यूसंग भेट्ने मैाका मिल्यो आज ! अत्यन्त खुला हृदयका साथ नेपालको राजनीति बारेमा विश्लेषण भयो ! हाम्रो खालि दिमागमा वहाँको भनाइले rule गरिरहेको छ ! करिष्माजी र जितुजीले पनि आफ्ना महत्वपुर्ण कुरा राख्नु भयो !’

कोमल ओली ट्वीट

यता नायिका करिश्माले ओलीसंगको भेटका फोटोहरु सामाजिक संजाल फेसबुकमा राख्दै ओलीको नजिक बसेर विविध विषयमा उनको बिचारहरु सुन्दा आनन्द आयो भनेर लेख्दै सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिएकोमा र चासो मानेर कुरा सुनिदिएकोमा ओलीलाई धेरै धन्यवाद दिएकी छन् ।

उनले लेखेकी छन् ‘उहाँको नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो , सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भयेकोमा आदरणीय के .पी ओलि ज्यु लाई धेरै धन्यवाद ।’

करिश्मा मानन्धर फेसबुक पोष्ट

यसअघि अभिनेत्री करिश्मा बाबुराम भट्टराईले तामझाम गरी घोषणा गरेको नयाँशक्ति पार्टीको सदस्य बनेकी थिइन् । उक्त पार्टीको घोषणा समारोहको उद्घोषण समेत करिश्माले गरेको सो दिनको उनको प्रस्तुतिलाई लिएर आएको टिकाटिप्पणीलाई सकरात्मक संकल्पमा परिणत गर्दै कक्षा ८ मा भर्ना भएकी करिश्माले अहिले कक्षा १२ को परीक्षा समेत दिइसकेकी छिन् ।

यसअघि कक्षा १२ को परीक्षाको लागि तयारीमा रहेकी नायिका करिश्मालाई फोन गरेर एमाले अध्यक्ष ओलीले अघिल्लो महिना शुभकामना दिएपछि परीक्षा सकिएपछि भेट्ने कुरा पनि भएको थियो ।

भेटमा करिश्मा र ओलीबीच फिल्म, राजनीतिदेखि मुलुकको समसामयिक विषयमा गफगाफ हुनुका साथै देश विकास गर्ने आफ्नो भिजनबारे पनि ओलीले सुनाएका थिए ।

छक्कापञ्जा फिल्म आफूले हेरेको भन्दै ओलीले फिल्म लगायतका कुरा पनि गरेका थिए । करिश्माले ‘मुन्द्रेको कमेडी क्लब’ टेलिभिजन सोमा ओलीलाई अतिथिको रुपमा निम्तो पनि दिएपछि मौका मिलाएर ओली उक्त सोमा आउने वचन पनि दिएका थिए । तर उक्त भेटमा पार्टी प्रवेशबारे कुनै छलफल नभएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !