९ जेष्ठ २०८१, बुधबार

आजदेखि चार दिन काठमाडौंका यी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने


नेपाल विद्युत् प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आजदेखि चार दिन विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले सो क्षेत्रमा केही दिन साढे ४ घण्टा विद्युत सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणले जनाएको हो ।

विद्युत प्राधिकरणका अनुसार आज बुधबार चपली तथा बूढानीलकण्ठ क्षेत्र, भोलि बिहीबार गोङ्गबु बसपार्क क्षेत्र, पर्सि शुक्रबार चपली क्षेत्र तथा हात्तीगौंडा क्षेत्र र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोटमा आपूर्ति बन्द हुनेछ ।

बिहान ९ः३० बजेदेखि दिउँसो २ बजेसम्प विद्युत आपूर्ति बन्द हुनेछ । मौसम खराब भई काम नहुने अवस्थामा भने विद्युत सेवा अवरुद्ध नहुने प्राधिकरणले जनाएको छ ।

यस्तो छ नेपाल विद्युत प्राधिकरणले निकालेको सूचना

नेपाल विद्युत प्राधिकरणले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !