९ जेष्ठ २०८१, बुधबार

आज काठमाडौंका ८ ठाउँमा ५ घण्टा विद्युत आपूर्ति बन्द हुने


नेपाल विद्युत् प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज शनिबार काठमाडौंका ८ ठाउँमा ५ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । विद्युत प्राधिकरणले सूचना जारी गरी आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत पर्ने टेकु सबस्टेसन स्तरोन्नतिको लागि चार्जको काम भइरहेकाले विद्युत् आपूर्ति बन्द हुने भएको हो । टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौँका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो ।

यस्तै सम्बन्धित टेकु, बालाजु, केटू र केथ्री सब स्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूको विद्युत् सेवा आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको हो । आज विद्युत् अवरुद्ध हुने क्षेत्रमा बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर, ज्ञानोदय, गाई बाच्छा पाटी, स्वयम्भू, सानो भर्‍याङ छन् ।

त्यस्तै स्वयंभू बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्यु डाइमण्ड आदि क्षेत्रमा पनि विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । सिर्जना चोक, इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउराली क्षेत्रमा पनि आज पाँच घण्टा विजुली जाने छ।

दुर्गानगर, स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार क्षेत्र, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटो क्षेत्रमा पनि विद्युत सेवा अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

यस्तो छ नेपाल विद्युत प्राधिकरणले निकालेको सूचना

नेपाल विद्युत प्राधिकरणले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !