६ बैशाख २०८१, बिहिबार

इलाम-१ मा महेश बस्नेत विजयी, झलनाथ खनालको लज्जास्पद हार


झलनाथ खनाल र महेश बस्नेत

इलाम । इलाम क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । बस्नेतले पूर्वप्रधामनमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई २ हजार ६५४ मतान्तरले पराजित गरेका हुन् ।

एमालेका बस्नेतले २५ हजार ६९९ मत ल्याएर विजयी भएका हुन् भने एकीकृत समाजवादीका खनालले २३ हजार ४५ मत प्राप्त गरे । यद्यपि यसको निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !