१४ बैशाख २०८१, शुक्रबार

सप्तरी-४ बाट कांग्रेसका तेजुलाल चौधरी निर्वाचित


तेजुलाल चौधरी

सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचति भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर४, सप्तरीले जनाएअनुसार उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरे ।

गत प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा समेत चौधरी यस क्षेत्रबाट विजयी भएका थिए । यो नतिजा आएसँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ ।

जसअनुसार प्रतिनिधिसभामा कांग्रेस दुई, जनमत र जसपा पार्टी एक-एक स्थानमा विजयी भएको छ । प्रदेशसभामा जनमत पार्टीले चार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एस) र स्वतन्त्रले एक÷एक सदस्यमा जित हासिल गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु