९ मंसिर २०८१, आइतबार

गुल्मी-१ बाट डा. चन्द्र भण्डारी विजयी, प्रदिप ज्ञवाली हारे


डा. चन्द्र भण्डारी

रेसुङ्गा, गुल्मी । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि पार्दै उनी विजयी भएका हुन् ।

यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेकामा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरे ।

आज दिउँसो १ बजे सकिएको मतगणनापछि भण्डारीको विजयी घोषणा गरिएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यहाँ कूल एक लाख १९ हजार दुई सय ८८ मतदाता थिए ।

गुल्मीको सदरमुकाम तम्घाससँगै पूर्वी यो क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका–७ देखि १४ सम्मका वडा पर्दछन् ।

यो विजयसँगेै कांग्रेसका भण्डारी दुई पटक सांसद बना छन् । उनले २०७० मा पनि यसै क्षेत्रमा विजयी हासिल गरेका थिए । २०६४ देखि सँगसँगै निर्वाचन लडेका ज्ञवाली र भण्डारीले दुई-दुई पटक चुनाव जिते । विसं २०६४ र ७४ मा भने यस क्षेत्रबाट ज्ञवाली विजयी भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !