बाग्मतीको भावी मुख्यमन्त्रीको दावेदार काँग्रेसका इन्द्र बानियाँ विजयी Nepalpatra बाग्मतीको भावी मुख्यमन्त्रीको दावेदार काँग्रेसका इन्द्र बानियाँ विजयी
१२ मंसिर २०७९, सोमबार

बाग्मतीको भावी मुख्यमन्त्रीको दावेदार काँग्रेसका इन्द्र बानियाँ विजयी


नेपाली कांग्रेस

हेटौँडा । मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका इन्द्र बानियाँ विजयी भएका छन् ।

उनले १८ हजार सात सय १६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर थापामगरले १६ हजार नौ सय ३४ मत प्राप्त गर्नुभयो । बानियाँले एक हजार सात सय ८२ मतान्तरले जित हात पारेका हुन् ।

विजयी घोषणा भइसकेपछि बानियाँले मकवानपुरका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू भावी मुख्यमन्त्रीको दावेदारसमेत रहेको बताए । तेस्रो पटक विजय हात पार्नुमा मकवानपुरे जनताले आफ्नो आवश्यकता महसुस गरेको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !