८ बैशाख २०८१, शनिबार

काठमाडौँ क्षेत्र नं ३ : काँग्रेसका सन्तोष चालिसे निर्वाचित


सन्तोष चालिसे

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे निर्वाचित भएका छन् । काँग्रेसका चालिसेले प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कृष्‍णबहादुर राईलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

कांग्रेसका चालिसेले १५ हजार १५८ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने एमालेका राईलाई ११ हजार १९६ मत ल्याएका छन् । काँग्रेसका चालिसेले एमालेका राईलाई ३ हजार ९६२ को मतान्तरले जितेका हुन् ।

२०७४ सालको निर्वाचनमा एमालेका राई सोही क्षेत्रबाट निर्वाचित भएका थिए । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएका राईले चार हजार दुई सय ८५ मतान्तरले कांग्रेसका अम्बिका बस्नेतलाई पराजित गरेका थिए । राईले १९ हजार एक सय ६९ मत प्राप्त गरेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !