१३ बैशाख २०८१, बिहिबार

गोरखा क्षेत्र नं २ मा प्रचण्डको अग्रता कायमै


प्रचण्ड गोरखामा

गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राखेका छन् । कूल ८ सय मत गणना हुँदा अध्यक्ष दाहालले ५ सय १६ मत प्राप्त गरेका छन् ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा ( एमाले) का उम्मेदवार अब्दुस मियाले ६६ मत प्राप्त गरेका छन् । मतदान सकिएको करिब २७ घण्टापछि मतगणना सुरु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !