७ बैशाख २०८१, शुक्रबार

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित


टेकबहादुर गुरुङ

मनाङ । मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसका गुरुङले नेकपा (एमाले) का पोल्देन छेवाङ गुरुङलाई पराजित गरेका हुन् ।

आज सोमबार राति सकिएको मत गणनाअनुसार काँग्रेसका टेकबहादुर गुरुङले २५७५ प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका पाल्देन छेवाङ गुरुङले २२४७ मत ल्याएका छन् ।

टेकबहादुरले पाल्देनलाई ३२८ बढी मत ल्याएर विजयी भएका हुन् । उनी मनाङबाट दोस्रोपटक निर्वाचित भएका हुन् । यसअघि उनी २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएर उनी श्रम तथा रोजगार राज्यमन्त्रीसमेत भएका थिए ।

२०७४ सालको निर्वाचनमा भने मनाङबाट एमालेका गुरुङ विजयी भएका थिए । २०७४ सालमा एमालेका गुरुङले २३ सय मत ल्याएर विजय भएका थिए भने कांग्रेसका टेकबहादुरले २०२१ मत प्राप्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !