४ बैशाख २०८१, मंगलबार

देशभरका ४४ मतदान केन्द्रमा झडप, प्रहरीद्वारा ३५ राउण्ड हवाइ फायर


गोली चल्यो

काठमाडौँ । देशभरका ४४ मतदान केन्द्रमा झडप भएको छ भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ३५ राउण्ड हवाइ फायर गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार जारी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा आज आइतबार देशभर २५ जिल्लाका ४४ मतदान केन्द्रमा ३५ राउण्ड हवाई फायर भएको हो ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकप्रसाद राईका अनुसार मतदान रोकिएकामध्ये ३२ वटामा पुन: मतदान सुरु भइसकेको छ भने बाँकी ठाउँहरूमा मतदान कार्य नरोक्न छलफल जारी रहेको छ ।

डीआइजी राईले विवाद र झडप हुँदा स्थिति नियन्त्रण गर्न प्रहरीले १५ ठाउँमा गोली चलाएको जानकारी दिए । प्रहरीका अनुसार रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, हुम्ला लगायत जिल्लाहरुमा हवाई फायर भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउण्ड हवाई फायर भएको छ । सिरहाको मिर्चैया बडहरामालमा ३ राउण्ड, चितवनमा एक राउण्ड, दोलखाको गुम्बेश्वरमा एक राउण्ड र हुम्लामा १८ राउण्ड हवाई फायर भएको प्रहरीले जनाएको छ ।

यसैगरी हुम्लाको देवकोटा आवि कुनापानीमा १७ राउण्ड र मान्धारा मावि भकुण्डामा १ राउण्ड हवाई फायर भएको छ । साथै बाजुरामा ५ राउण्ड र डोटीमा ४ राउण्ड हवाई फायर भएको प्रहरी प्रधान कार्यालयले बताएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !