७ बैशाख २०८१, शुक्रबार

आचारसंहिता उल्लंघनमा सञ्चारमन्त्री कार्कीविरुद्ध एमालेद्वारा उजुरी


ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी । नेपाली कांग्रेसका नेता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध उजुरी परेको छ । सुनसरी-४ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवारसमेत रहेका कार्कीले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीले उजुरी दिएको हो ।

एमालेले मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीको कार्यालयमा मन्त्री कार्कीविरुद्ध उजुरी दिएहो हो । एमालेले उजुरी दिँदै छानबिन गरी कार्कीलाई कारबाही गर्न माग समेत गरेको छ ।

कार्कीमाथि जनप्रतिनिधिलाई प्रचारप्रसारमा संलग्न गराएको आरोप लगाइएको छ । एमालले प्रेस विज्ञप्ति निकाल्दै आम मतदाता, निर्वाचन आयोग, निर्वाचन अनुगमनका लागि खटिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरू, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीहरूको ध्यानाकर्षण समेत गराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !