१२ श्रावण २०८१, शनिबार

विश्वविद्यालयका सबै परीक्षा स्थगित


गिरिराजमणि पोखरेल

५ चैत, काठमाडौं । सरकारले चैत महिनामा हुने सबै परीक्षा स्थगित गरेको छ । सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको बताएका छन् । बुधबार बसेको नेकपा सचिवालय बैठकले चैतमा हुने सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको हो ।

यसअघि सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सुझाव दिएपछि एसईई परीक्षा स्थगित भइसकेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन । यसअघि विश्वविद्यालयको परीक्षा सम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमा बोलाउने भनिएको थियो । तर, केही घन्टापछि परीक्षा रोक्ने निर्णय भएको हो ।

 यो पनि पढ्नुहोस्

अन्तत: एसईई स्थगित

सरकारले भन्यो – अब २५ जना भन्दा धेरै भेला नहुनु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !