१२ बैशाख २०८१, बुधबार

सरकारले भन्यो – अब २५ जना भन्दा धेरै भेला नहुनु


कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति

५ चैत, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले आज बुधबार अब २५ जना भन्दा धेरै भेला नहुन आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि भन्दै सरकारले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला लगायतका धेरै मानिस भेला हुने क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ ।

उक्त समितिको बुधवार सिंहदरबारमा बसेको बैठकले फिल्महल, सांस्कृतिक केन्द्र, रंगशाला, हेल्थ क्लब, म्युजियम, मनोरञ्जनस्थल लगायतलाई ३० अप्रिलसम्म(वैशाख १८) बन्द गर्ने निर्णय गरेको हो । यसको अनुगमन गृह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सञ्चारमन्त्रालयले गर्ने छ ।

समितिले साँस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय समेत गरेको छ ।

यस्ता छन् निर्णयहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !