१४ बैशाख २०८१, शुक्रबार

उपकुलपति छान्न आवेदन माग, एक साताभित्र दरखास्त दिनुपर्ने


७ कात्तिक,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन विश्वविद्यालयको उपकुलपति छनोट गर्न आवेदन माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले योग्यताको आधारमा छनोट गर्न आवेदन माग गरेको जानकारी दिए । मन्त्रालयले इच्छुक सरोकारवालालाई एक साता म्याद तोकेको छ ।

सोमबार मन्त्री पोखरेलसहितको सर्च कमिटीले कुलपति एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेर त्रिविबाहेक अन्य विश्वविद्यालयमा आवेदन दिएकामध्येबाट उपकुलपति र सेवा आयोगका अध्यक्ष र सदस्य छनोट गर्न सहमति लिएपछि सूचना जारी गरेको हो ।

मन्त्रालयले आज बिहीबार सार्वजनिक सूचना जारी गर्ने भएको छ। मन्त्री पोखरेलसँगै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदी, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) उषा झा र केही अधिकारी सोमबार बिहान ११ बजे प्रधानमन्त्री निवास पुगेका थिए ।

दशैंअघि मन्त्री पोखरेलको अध्यक्षतामा गठित सर्च कमिटीले डा. भगवान कोइराला, प्राडा धर्मकान्त बाँस्कोटा र प्राडा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको छ । प्रम ओलीले त्रिविबाहेक अन्य विश्वविद्यालयको हकमा योग्यता र विशिष्टताको आधारमा उपकुलपति छनोट गर्न मापदण्ड बनाएर आवेदन माग गर्न निर्देशन दिएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !