१४ बैशाख २०८१, शुक्रबार

एक दिने शैक्षिक मेलाको आयोजना गर्दै ड्रिम अन


Dreamon Edu. Consultancy

३० साउन, काठमाडौं । ड्रिम अन एजुकेशनल कन्सल्टेन्सी प्रा.लि.ले एक दिने शैक्षिक मेलाको आयोजना गर्दैछ । काठमाडौंको होटेल सांग्रिलामा अगामी भाद्र १६ (1st Sep, 2018) विहान ९ बजेदेखि साझ ५ बजेसम्म मेला अयोजना हुँदैछ । यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन भन्ने अपेक्षा आयोजकले राखेको छ ।

शैक्षिक परामस संघप्रति हेर्ने जुन दृष्टीकोण छ त्यसलाई सहज र सरल बनाउने, नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवंम विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना एवंम अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी एवम् विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्नु शैक्षिक मेलाको मुख्य उद्देश्य रहेको  ड्रिम अनका प्रबन्धक निर्देशक भिम बहादुर थापाले बताउनुभएको छ ।

सन् २०१५ मा स्थापना  भएको ड्रिम अन एजुकेशनल कन्सल्टेन्सी प्रा.लि.ले अहिलेसम्म अध्ययनको लागि विदेशीका विभिन्न शैक्षिक संस्थाहरु र विश्वविद्यालयहरुमा धेरै संख्यामा विद्यार्थीहरुलाई पठाउन सफल भइसकेको  ड्रिम अनका प्रबन्धक निर्देशक थापाले बताउनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !