२० बैशाख २०८१, बिहिबार

कक्षा १२ को पूरक परीक्षाका लागि समय तालिका सार्वजनिक


राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाका लागि समय तालिका सार्वजनिक गरेको छ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

बोर्डले परीक्षाको समय तालिका सार्वजनिक गर्दै आवेदन फारम बुझाउन पनि आग्रह गरेको हो । २०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन् ।

यस्तै दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । परीक्षा असोज ६ र ७ गते हुने बोर्डले जनाएको छ ।

यस्तो छ कक्षा १२ को पूरक परीक्षाका लागि समय तालिका

कक्षा १२ को पूरक परीक्षाका लागि समय तालिका सार्वजनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !