२२ बैशाख २०८१, शनिबार

विद्यालयको बिदा कटौती : जेठदेखि आइतबार बिदा, शुक्रबार पूरै पढाइ हुने


दरबार हाइस्कुल

काठमाडौं । सरकारले विद्यालयको हिउँदे र बर्खे बिदा कटौती गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको बर्खे, हिउँदे, स्थानीय लगायतका बिदा कटौती गरेर जेठदेखि शुक्रबार पूरै पढाइ हुने तर आइतबार बिदा दिन सकिने निर्णय गरेको हो ।

मन्त्रालयले आज सूचना जारी गर्दै वर्षभरीमा अधिकतम ३० दिनमात्रै बिदा दिनेगरी व्यवस्था गर्न सबै स्थानीय तह तथा विद्यालयलाई निर्देशन दिएको हो । गत वैशाख १३ गते मन्त्रिपरिषद् बैठकले जेठदेखि सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।

यस्तै शुक्रबार पनि ४ बजेसम्म अध्यापन गराउन र सोहीअनुसारको क्यालेन्डर तयार गर्न मन्त्रालयको निर्देशन छ । मन्त्रालयले बर्खे, हिउँदे र स्थानीय बिदा कटौती गरेर आइतबार क्षति पुगेको पाठ्यघण्टा पूरा गर्न सकिने बताएको हो।

मन्त्रालयले सोमबारदेखि शुक्रबारसम्म १० बजेदेखि ४ बजेसम्म विद्यालय समय कायम गरेर वार्षिक २० दिन अन्य बिदा कटौती गरे पाठ्यक्रम तोकेको पाठ्यघण्टा पूरा गर्न सकिने निष्कर्ष निकालेको हो ।

स्थानीय तहले आफू अनुकूल बर्खे, हिउँदे, स्थानीय, दसैं, तिहारलगायत चाडपर्व बिदाको दिन विद्यालय खोलेर पठनपाठन गराउन सक्ने मन्त्रालयले जनाएको छ ।

विद्यालयको हिउँदे र बर्खे बिदा कटौती : जेठदेखि आइतबार बिदा, शुक्रबार पूरै पढाइ हुने

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु