२१ बैशाख २०८१, शुक्रबार

मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै


दीक्षान्त समारोह स्थगित

कर्णाली । मध्यपश्चिम विश्वविद्यालको मङ्गलबार हुने दोस्रो दीक्षान्त समारोहमा ५१९ विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले पाँच सङ्कायका विद्यार्थीलाई सो अवसरमा स्वर्ण पदकसमेत प्रदान गर्ने जनाएको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता तथा सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको प्रमुख आतिथ्यतामा सुर्खेतको वीरेन्द्रनगर कुइनेपानीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा दीक्षान्त समारोह आयोजना हुँदैछ ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थिति रहने दीक्षान्त समारोह प्रचारप्रसार उपसमितिका संयोजक डा लीलाधर तिवारीले जानकारी दिए । दीक्षान्त समारोह अघि विश्वविद्यालय सभा (सिनेट) को बैठक बस्नेछ ।

मानविकी तथा समाजशास्त्र सङ्कायका १५२, व्यवस्थापनका १२२, शिक्षाशास्त्रका ८५, विज्ञान तथा प्रविधिका १५ र इन्जिनियरिङका १४५ विद्यार्थी दीक्षित हुँदैछन् ।

विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधि उपाधि हासिल गरेका विद्यार्थीलाई दीक्षित गर्न लागेको हो । यसअघि विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असार १९ गते भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !