१३ बैशाख २०८१, बिहिबार

त्रिभुवन माबि बेलाटारीको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण सम्पन्न


त्रिभुवन माबि बेलाटारीको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण सम्पन्न

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका-९ बेलाटारीमा रहेको नमूना बिद्यालय त्रिभुवन माविको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रतापुर गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीको प्रमुख आतिथ्यता तथा गाउँपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा अधिकृत यादवचन्द्र बिष्टको विशिष्ट आथित्यमा नमुना भवन उद्घाटन तथा हस्तान्तरण भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै पालिका कार्यवाहक अध्यक्ष चौधरीले यो विद्घालय गाउँपालिकाकै नमूना भएकोले यसको विकासमा सदैव लागिपर्ने प्रतिवद्धता समेत राख्नु भएको थियो भने बिद्यालयका प्रधानाध्यापक नारद ठाकुरको हँसिलो व्यक्त्तित्वको खुलेरै प्रशंशा गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै शिक्षा अधिकृत विष्टले अभिभावक, शिक्षक तथा व्यवस्थापन समिति वीचको त्रिकोणात्मक समन्वयले मात्रै समग्र बिद्यालयको विकास सम्भव रहेको प्रष्ट पार्नुभयो ।

विद्घालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष श्रीधरराज कण्डेल, वडा-९ का वडा अध्यक्ष हेमेन्द्र पन्जीयार, वडा-८ का अध्यक्ष कादिर अलि अन्सारी, शिक्षक अभिवावक सङ्घका प्रमुख काशिनाथ हरिजनको विशेष आतिथित्व एवं भुतपुर्व प्रधानाध्यापक सत्तदेव पाण्डे, भुतपुर्व समितिका अध्यक्ष केदार पाण्डेको आतिथित्वमा सम्पन्न कार्यक्रमको स्वागत बिद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र कुर्मीले गर्नु भएको थियो ।

कार्यक्रमका सभापति एंव विद्घालयका प्रधानाध्यापक नारद ठाकुरले दुई तले र ६ कोठे नमुना भवनको लागत बिवरण सार्वजनिक गर्दै उक्त भवन करीव एक करोडमा सम्पन्न गरिएको अवगत गराउनुभयो । साथै यसै शैक्षिक सत्रदेखि समय सापेक्ष अग्रेजी माध्यमबाट समेत कक्षाहरु संचालन गर्न लागिएको र आवश्यक सहयोगको लागि सरोकार पक्ष सँग आग्रह समेत गर्नुभयो । कोभिडका कारण केहि छोटो पारिएको कार्यक्रमको संचालन यसै बिद्यालयकी अंग्रेजी शिक्षिका रिमा कुमारी चापागाइंले निकै उत्कृष्ट शैलीमा गर्नुभएको थियो ।

*भौतिकशास्त्रमा एमएस्सी गरेका दिपकराज तिवारी उक्त स्कुलका साइन्स कोडिनेटर समेत हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !