१३ बैशाख २०८१, बिहिबार

सरकारलाई चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न पूर्वउपकुलपतिहरूको आग्रह


बिएण्डसी मेडिकल कलेज

काठमाडौँ । नेपाल सरकारलाई विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न पूर्वउपकुलपतिहरूको आग्रह गरेका छन् । १२ पूर्वउपकुलपतिहरूले आज संयुक्त विज्ञप्ति जारी गर्दै पदीय मर्यादा, विश्‍वविद्यालय एवं चिकित्सा शिक्षा आयोग लगायतका निकायहरूलाई विधिअनुसार स्वत: स्फुर्त काम गर्न दिन सरकारसँग माग गरेका हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाशजंग शाह, तोरणबहादुर कार्की, कैलासनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, महेश्वरमान श्रेष्ठ, हिराबहादुर महर्जन, जयराज अवस्थी र नरेशमान बज्राचार्यले हस्तक्षेप नगर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन या राजीनामा गर्न धम्की दिएको भन्दै ‘बृहत नागरिक आन्दोलन’ र सोलिडारिटी फर डा. केसी आलाइन्सले डा. गिरीको सुरक्षाको लागि अपिल गरेका थिए ।

यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले समेत उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएको भन्दै अपीलमा डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको उल्लेख गरिएको थियो ।

बीएडन्सी मेडिकल कलेजलाई अवैध प्रक्रियाबाट सम्बन्धन दिलाउन प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले काठमाडौं विश्‍वविद्यालय र आयोगको स्वायत्ततामा धेर पटक हस्तक्षेप गरेकोले त्यसो नगर्न उनीहरूले आग्रह गरेका हुन् ।

आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई आइतबार सम्बन्धन दिने सिफारिस निर्णयमा हस्ताक्षर गर्न वा पद छाड्न प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले धम्की दिएका थिए ।

पूर्वउपकुलपतिहरूको आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !