२३ बैशाख २०८१, आइतबार

सरकारद्वारा स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट विनियोजन


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ, जेठ १५ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेर ९० अर्ब ६९ करोड पुर्‍याइएको बताएका छन् । अघिल्लो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

उनले कोरोना महामारी तथा संक्रामक रोगको लागि रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राख्ने बताएका छन् । साथै कोरोनाको महामारी थप विस्तार हुन नदिन जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन, कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि औषधि, उपकरणका लागि पनि जोड दिने पनि बताएका छन् । यस्तै सबै स्थानीय तहहरुमा ५ देखि १५ शय्याका २ सय अस्पताल बनाउन पनि सरकारले बजेट विनियोजन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !