१३ बैशाख २०८१, बिहिबार

घरायसी ग्राहकलाई चैतको विद्युत महसुलमा प्राधिकरणले दियो २० प्रतिशत छुट


NEA

१४ चैत, काठमाडौं । सरकारले घरायसी ग्राहकलाई चैत महिनाको विद्युत महसुलमा २० प्रतिशत छुट दिने भएको छ । नेपाल विद्युत प्राधिकरणले आफ्ना ३८ लाख घरायसी ग्राहकलाई १५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट दिन लागिएको हो ।

ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदसमक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !