२० जेष्ठ २०८१, आइतबार

ऊर्जा मन्त्रालयको आग्रह : बिजुलीको बिल अनलाइनबाट तिर्नुुस्


ऊर्जा मन्त्रालय

काठमाडौँ, १० चैत । विद्युत् महसुल तिर्ने समय भएको छ । अब कसरी तिर्ने होला भन्ने चिन्ताले धेरैलाई सताएको हुनसक्छ । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण महसुल बुझाउन असमर्थ हुनुभएको छ भने चिन्ता नलिनुस् । सरकारले विद्युत् महसुल तिर्ने समय सकिएको भए पनि कुनै चिन्ता नलिन आग्रह गरेको छ । ऊर्जा मन्त्रालयको बिजुलीको बिल अनलाइनबाट तिर्नुु आग्रह गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिम कम नभएसम्म अनलाइन मार्फत विद्युत महसुल भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुनुहुन्छ ।

महसुल काउण्टरमा हुने भिडभाडका कारण सङ्क्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउन लागिएको हो । इन्टरनेटको सहज आपूर्ति अभावमा ग्राहकले समयमै महसुल भुक्तानी गर्न नसके उक्त अवधिको जरिवाना नलाग्ने र लाइन नकाटिने मन्त्री पुनले बताउनुभयो ।

पुनको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । “महसुल काउण्टरमा भिडभाड हुने भएकाले कोरोनाको सङ्क्रमण उच्च हुने ठानेर अनलाइन प्रणालीमार्फत महसुल भुक्तानी गर्न आमग्राहकलाई अनुरोध गर्दछु”, उहाँले भन्नुभयो । इन्टरनेटको उपलब्धता नभएको वा अन्य कारणले महसुल भुक्तानी गर्न नसक्ने ग्राहकको सेवा अवरुद्ध नगरिने र जरिवाना समेत नलाग्ने व्यवस्था गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !