१३ असार २०८१, बिहिबार

कालोबजारी रोक्न सरकार अझै सक्रिय हुन आवश्यक


कालोबजारी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कालोबजारी रोक्न सरकार अझै सक्रिय हुन आवश्यक । कालोबजारी रोक्न सहज छ तर यो पाठ पहिले सरकारले पनि बुझ्न आवश्यक छ । विदेशी उत्पादन खाने जनताले महगी खेप्न बाध्य छन् । यदि उत्पादन स्वदेशी भइदिएको खण्डमा महगी कम हुने थियो ।

कालो बजारीले राज्य नियन्त्रण भन्दा वाहिर रहेको कुरालाई इंगित गर्दछ । कालो बजारी मौलाउनु भनेको नै राज्य संयन्त्र कानूनको शासन स्थापना गर्न सक्षम छैन भन्ने हो । फाइदा छ कालो बजारी गर्नेलाई । रु. १५ को चाउचाउलाई रु. ३० मा बेचिरहँदा ।

Thyronorm 100mg को औषधि आजभन्दा ४ महिना पहिले १९० रुपैया थियो भने अहिले २४० भएको छ । शिवकला कुमाल अम्रसा कि हुनुहुन्छ, उहाँले यो औषधि लामो समयदेखि खादै आउनु भएको छ । उहाँले भन्नुभयो, ”हामीले औषधि खान पनि नसक्ने अवस्था हुदैछ” ।

मानवको लागि संवेदनशील पक्ष हो खाद्यन्न र औषधी यी दुवैतर्फ सरकारको उदासिनता देखिन्छ । अधिकांश औषधी पसलेहरुले पनि प्रायः ग्रामिण क्षेत्रका उपभोक्तालाई हिजोको दरभन्दा बढि दरमा बेच्न बाध्य भएका छन् । हरेक ६ महिना पहिले बेच्ने गरेको औषधि भाउ बढेर आयो भनि रहनु बाध्यता सरकारले हटाउनु पर्छ ।

सामानको मुल्यवृद्धि हुन्छ मुल्यवृद्धि सरकारको निगरानीमा हुन आवश्यक छ तर मुल्यवृद्धितर्फ सरकारको ध्यानाकर्षण गराउन चाहांन्छौं । अहिले नागरिकलाई सचेतना जगाउन न सरकारी स्तरबाट कुनै कदम चालेको छ न उपभोक्ता मन्चबाट । जव नागरिकले आफ्नो हक अधिकारको कुरा उठाउदैन तवसम्म माथि देखिनै ठगी क्रम जारी रहन्छ ।

अनुगमन तल्लो निकायमा भन्दा माथिल्लो निकायमा शुरु गर्नासाथ तल्लो निकाय स्वत: नियन्त्रण हुन सक्ने देखिन्छ । अनुगमन गर्दा राजनीति हिसाबले होइन निष्पक्ष हिसाबले गर्न आवश्यक छ । नुनदेखि सुनसम्म उपभोक्ताहरु ठगिएका छन् । खुद्रा किराना पसलदेखि होलसेल सहित डिपार्टमेन्ट स्टोरमा अनुगमन गर्नु आवश्यक छ ।

यो पनि पढनुहोस्

चीनको वुहानमा डिभोर्सको घटना बढे

नोबेल कोरोना भाइरसका कारण डाक्टर जोखिममा

नोबेल कोरोना भाइरसबारे छोटो उपयोगी जानकारी

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !