५ जेष्ठ २०८१, शनिबार

भारतीय अखवार अनुसार नेपालमा चीनको लगानी ६८ % पुग्यो


nepal china business

एक भारतीय अखबार टाइम्स अफ इन्डिया ले उल्लेख गरे अनुसार चीनले नेपालमा प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) बढाएका कारण उसको आर्थिक प्रभाव नेपालमा निरन्तर रुपमा बढिरहेक छ ।

टाइम्स अफ इन्डियाले नेपाली अधिकारीहरुलाई उल्लेख गर्दै चालु आर्थिक वर्षमा चीनले नेपालमा ६८ प्रतिशतभन्दा एफडीआईको प्रतिवद्धता रहेको समाचारलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।

आर्थिक वर्ष २०१५-२०१६ मा चीनको नेपालमा एफडीआई ४० प्रतिशत रहेको जनाइएको छ । सो रिपोर्टमा नेपालको चालु आर्थिक वर्षमा प्रतिवद्धता गरिएको ७६.३९ मिलियन अमेरिकी डलरमध्ये चीनको मात्र ५१.७७ मिलियन अमेरिकी डलर हिस्सा रहेको जनाइएको छ । यसमा  भारत भने एफडीआईमा तेस्रो स्थानमा रहेको छ ।

भारतीय अधिकारीहरुका अनुसार आफूहरुले काठमाडौंलाई गर्ने सहयोगलाई एफडीआई मात्रमार्फत मापन गर्न नसकिने बताएका छन् । उनीहरुले भारतले नेपाललाई प्रत्येक वर्ष ५०-७० मिलियन डलरको सहयोग गरिरहेको बताएका छन् ।

गत वर्ष नेपालले बेलायत, अमेरिका, जापान,चीन र स्वीटजरल्याण्डलाई पाँच उत्कृष्ट द्वीपक्षीय सहयोग गर्ने मुलुकको रुपमा घोषणा गरेको र पाँच वर्षको दौरानमा भारतलाई पहिलोपटक यो सुची बाहिर राखिएको सो अखबारले उल्लेख गरेको छ ।

नेपालको अर्थमन्त्रालयको रिपोर्टलाई उल्लेख गर्दै गत वर्ष भारतले नेपाललाई दिने द्वीपक्षीय सहयोग सन् २०१४-२०१५ मा ४७ मिलियन अमेरिकी डलरबाट २२ मिलियन अमेरिकी डलरमा घटेको थियो । तर भारतीय विदेश मन्त्रालयले यो तथ्याङकलाई गलत रुपमा प्रस्तुत गरेको बताएको सो अखबारको रिपोर्टमा उल्लेख गरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !