२३ बैशाख २०८१, आइतबार

एनआईसी बैंकको नयाँ शाखा सिन्धुपाल्चोकमा


Capt

१० मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा संचालनमा आएको छ ।

बैंकको २ नयाँ शाखा कार्यालयहरु सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ स्थित खाँडिचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले उद्घाटन गरे ।

यस्तै पाँचखाल ४ समाजकल्याण चोक स्थित शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरे ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !