२२ बैशाख २०८१, शनिबार

एनआईसी बैंकको शाखा भोजपुरको बैकुन्ठेमा


ban

६ पुस, काठमाडौं । एनआईसी एशिया बैंकले भोजपुरको रामप्रसादराई गाउँपालिकाको बैकुन्ठेमा शाखा विस्तार गरेको छ । बैकुन्ठेमा विस्तार गरेको उक्त शाखाको रामप्रसादराई गाउँपालिकाका प्रमुख विजय राईले उदघाटन गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले २ सय ७० शाखा, २ सय ८७ एटिएम, ३७ एक्सटेन्सन काउण्टर तथा २० शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको वासलातको आकार २ अर्ब १२ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने बैंकको ऋण १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !