
काठमाडौं । नेपाल बैंकले आफ्नो ६५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो ।
सभा काठमाडौंको हलचोकस्थित नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजेबाट सुरु हुनेछ । सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलब फागुन २२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।