३० आश्विन २०८१, बुधबार

भदौ महिनामा भित्रियो एक खर्ब २६ अर्ब रेमिट्यान्स


विप्रेषण

काठमाडौं । भदौ महिनामा एक खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको एक महिना भदौमा मात्रै सो बराबरको रेमिट्यान्स आप्रवाह भएको हो ।

गत साउन महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स आएको थियो । योसँगै दुई महिनामा रेमिट्यान्स आप्रवाह २ खर्ब ६३ अर्ब १४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको दुई महिनाको अवधिको तुलनामा यो १८.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । दुई महिनाको अवधिमा एक अर्ब ९६ करोड अमेरिकी डलर नेपाल भित्रिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !