२० बैशाख २०८१, बिहिबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


पेट्रोलियम पदार्थ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७५.५० र डिजेलको मूल्य १५८.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको छ । यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य १६१ रुपैयाँ कायम भएको छ ।

निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट आज मूल्य बढेर आएपछि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको बताएको छ ।

यस्तो छ हेर्नुहोस् नेपाल आयल निगमले निकालेको प्रेस विज्ञप्ति

नेपाल आयल निगमले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !