१९ बैशाख २०८१, बुधबार

सुनको मूल्य आज बढ्यो, प्रतितोला एक लाख १३ हजार पुग्यो


सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू चार सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख १२ हजार चार सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू पाँचले बढेर रू एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !