१९ बैशाख २०८१, बुधबार

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटायो


नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो ।

आयल निगम सञ्चालक समितिको बैठकले आज आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो ।

निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम गरिएको छ । यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ २० रुपैयाँ घटाइएको छ तर एलपी ग्यासको मूल्य भने यथावत कायम गरिएको छ ।

यसअघि पेट्रोलको मूल्य १७८ र डिजेल तथा मट्टितेलको मूल्य १७५ रुपैयाँ थियो । हवाई इन्धनमा चर्को शुल्क लिएको भन्दै चौतर्फी आलोचना भएपछि आइतबार आकस्मिक बसेको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

यस्तो छ हेर्नुहोस् आयल निगमले निकालेको प्रेस विज्ञप्ति

आयल निगमले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !