९ मंसिर २०८१, आइतबार

कृषि विकास बैंकद्वारा चितवनमा पार्क बनाउन सहयोग


कृषि विकास बैंकद्वारा चितवनमा पार्क बनाउन सहयोग

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा पार्क बनाउन कृषि विकास बैंकले सहयोग गरेको छ । बैंकले पार्कका लागि रु १५ लाखको चेक हस्तान्तरण गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । बैंकको प्रदेश कार्यालय वीरेन्द्रनगरका प्रमुख रघुनाथ न्यौपानेले अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने र कार्यकारी निर्देशक डा. देजकुमार गौतमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

अस्पतालले प्रशासनिक भवन पछाडिको खाली जमिनमा पार्क बनाउने जनाएको छ । बिरामी र कुरुवालाई लक्षित गरी पार्क बनाउन लागिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !