१४ बैशाख २०८१, शुक्रबार

सुनको मूल्य आज ६०० ले घट्यो, कति पुग्यो प्रतितोला ?


सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु ६०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५१ डलर आसपास कारोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !