२३ बैशाख २०८१, आइतबार

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?


सुन

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार ५०० रुपैयाँले बढ्दै ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तैगरी छापावाला सुनको मूल्य ३०० रुपैयाँले बढ्दै ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सनको मूल्य आज तोलामा ३०० रुपैयाँले बढेको छ। तेजाबी सन ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य आज तोलामा २० रुपैयाँले बढ्दै एक हजार २८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !