९ जेष्ठ २०८१, बुधबार

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई एपोलो पोलि क्लिनिकमा २०% सम्म छुट


बैंक अफ काठमाण्डू र एपोलो पोलि क्लिनिक सम्झौता

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोलि क्लिनिक बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई २०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले एपोलो पोलि क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २०%, डाईग्नोष्टिक सेवाहरुमा १५% देखि २०% सम्म तथा फार्मेसी सेवामा १०% छुट पाउनेछन् ।

ग्राहक महानुभावहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । एपोलो पोलि क्लिनिकले काण्ठमाडौं उपत्यकाको मैतिदेवीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !