२१ बैशाख २०८१, शुक्रबार

तिहारपछि बढ्यो सुनको मूल्य : प्रतितोला ९२ हजार ५००


अवैध सुन बरामद

काठमाडौँ । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला रु ९१ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला रु ९० हजार ५०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु २५ले उकालो लागेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !