२० बैशाख २०८१, बिहिबार

छ स्थानीय तहको बजेट सार्वजनिकः स्वास्थ्य र कृषि प्राथमिकतामा


बजेट

सल्यान । यहाँका १० स्थानीय तहमध्ये पाँचले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । चार वटाले भने यही असार १० गतेभित्र नीति तथा कार्यक्रम पेश गरिसक्नु पर्ने प्रावधान भए पनि सार्वजनिक गर्न सकेनन् ।
नीति तथा कार्यक्रम सार्वजनिक नगर्ने स्थानीय तहमा वागचौर र वनगाड कुपिण्डे नगरपालिका तथा छत्रेश्वरी र कुमाख गाउँपालिका छन् ।
विषयगत समितिको छलफल चलिरहेको र अन्य तयारी नपुगेकाले नीति तथा कार्यक्रम कहिले सार्वजनिक गर्ने भनेर मिति तोक्न नसकिएको बनगाड कुपिण्डेका नगर उपप्रमुख मञ्जु यरीले जानकारी दिनुभयो ।
सदरमुकाम रहेको शारदा नगरपालिका तथा कालीमाटी, कपुरकोट, दार्मा, त्रिवेणी र सिद्धकुमाख गाउँपालिकाले भने आज नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । तीमध्ये कालीमाटी र दार्मा गाउँपालिकाले आगामी आवका लागि बजेटसमेत सार्वजनिक गरेका छन् । कालीमाटीले आगामी आव २०७८÷०७९ का लागि रु ५२ करोड, दार्माले रु ३९ करोड र सिद्ध कुमाख गाउँपालिकाले रु ३२ करोडको बजेट सार्वजनिक गरेका छन् ।
शारदा नगरपालिका तथा कालीमाटी, त्रिवेणी, सिद्ध कुमाख र दार्मा गाउँपालिकाले मात्र नीति तथा कार्यक्रम ल्याएका छन् । कालिमाटी र दार्मा गाउँपालिकाले बजेट नै प्रस्तुत गरिसकेका छन् । जिल्ला चरणको कोरोण संक्रमणबाट प्रभावित भएकाले सबै स्थानीय तहले कोरोना संक्रमण रोकथाम, स्वरोजगार र कृषि क्षेत्रलाई प्राथमिकता दिएका छन् ।
आगामी दिनमा समेत कोरोना संक्रमणको सम्भावना रहेकाले यसलाई प्राथमिकतामा राखिएको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिनुभयो । यस्तै कपुरकोट क्षेत्र बेमौसमी तरकारी खेतीको पकेट क्षेत्र भएकाले कृषि प्राथमिकतामा परेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !